अमेरिकाले मनायो आफ्नो २४८ औँ जन्मजयन्ती
शनिबार, ०३ चैत २०८०, १७ : ४६

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालमा आफ्नो २४८ औँ जन्मजयन्ती मनाएको छ । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा भए पनि नेपालमा भने पहिले नै मनाएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासमा हिजो भएको कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादव, अतिथिहरू परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य कूटनीति नियोगमा प्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । अमेरिकी दूतावासभित्रै भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो ।
अमेरिकी दूतावासले नेपालसँगको करिब ७७ वर्षको मित्रताको उत्सवको रूपमा पनि त्यसलाई मनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन