अमेरिकाले मनायो आफ्नो २४८ औँ जन्मजयन्ती
शनिबार, ०३ चैत २०८०, १७ : ४६
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालमा आफ्नो २४८ औँ जन्मजयन्ती मनाएको छ । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा भए पनि नेपालमा भने पहिले नै मनाएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासमा हिजो भएको कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादव, अतिथिहरू परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य कूटनीति नियोगमा प्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । अमेरिकी दूतावासभित्रै भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो ।

अमेरिकी दूतावासले नेपालसँगको करिब ७७ वर्षको मित्रताको उत्सवको रूपमा पनि त्यसलाई मनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण