नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
आइतबार, ०४ चैत २०८०, ०८ : ०५
काठमाडौँ । पार्टीमा आन्तरिक विवाद चर्किएकै बेला नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।
अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ । सो समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ ।
यो समूहले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको बताए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई एकताको विपक्षमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण