भविष्यको कार कस्तो हुने ? नेपालबाट ९ जना बालबालिका छनोट
काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबिच १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो ।
सिन्डिकेन्टले नेपालबाट १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ । कार्यक्रमका क्रममा बोल्दै सिन्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिस्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरूलाई जापान विश्वस्तरको प्रतिस्पर्धाका लागि जापान पठाइने बताए । उनले युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्ममा विभाजन गरी तीन क्याटोगरीबाट समान ३/३ जना छनोट गरेको बताए ।

उनले भने, ‘१७ औँ टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभई विश्वभर आर्ट कम्पिटिसन भइरहेको छ । नेपालमा पनि यसको इभेन्ट हामीले गरिरहेका छौँ । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए । त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो । एउटा सात वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी छ । यसको कन्सेप्ट साना बालबालिकाहरूको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसाबले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ । यो हामीले वर्ल्ड कम्पिटिसनका लागि जापान पठाउनेछौँ । यसमा ८ सय बढी बालबालिकाहरूले सहभागिता रहनुभएको छ ।’

७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट मा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएको बताए । यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताए । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण