आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भविष्यको कार कस्तो हुने ?  नेपालबाट ९ जना बालबालिका छनोट

आइतबार, ०४ चैत २०८०, १२ : ४३
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबिच १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो । 

सिन्डिकेन्टले नेपालबाट १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ । कार्यक्रमका क्रममा बोल्दै सिन्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिस्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरूलाई जापान विश्वस्तरको प्रतिस्पर्धाका लागि जापान पठाइने बताए । उनले युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्ममा विभाजन गरी तीन क्याटोगरीबाट समान ३/३ जना छनोट गरेको बताए ।

432321527_430419619661302_1469212467877150418_n

उनले भने, ‘१७ औँ टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभई विश्वभर आर्ट कम्पिटिसन भइरहेको छ । नेपालमा पनि यसको इभेन्ट हामीले गरिरहेका छौँ । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए । त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो । एउटा सात वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी छ । यसको कन्सेप्ट साना बालबालिकाहरूको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसाबले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ । यो हामीले वर्ल्ड कम्पिटिसनका लागि जापान पठाउनेछौँ । यसमा ८ सय बढी बालबालिकाहरूले सहभागिता रहनुभएको छ ।’

431566303_324902946831772_8581319965986371468_n

७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट मा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएको बताए । यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताए । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्‍याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप