आईपीएलको कुनै पनि खेल युएईमा नखेलाइने बीसीसीआई सचिवको दाबी
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । यसअघि आईपीएलको १७ औँ संस्करणका केही खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलाइने विषयमा बीसीसीआईले छलफल अगाडि बढाएको थियो ।
भारतमा यसै वर्ष हुने लोकसभा चुनावका कारण आईपीएलको दोस्रो चरणको खेल युएईमा खेलाउने तयारी अगाडि बढाइएको दाबी भारतीय सञ्चारमाध्यमले पनि गरेका थिए । युएईमा खेल गराउने विषयमा बीसीसीआईमा दुई फरक मत देखिएको समाचारमा जनाएको छ । बीसीसीआईका सचिव जय शाह आईपीएलको सबै खेल भारतमै खेलाउनुपर्ने पक्षमा छन् ।
यस विषयमा उनले आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेका छन् । लोकसभा निर्वाचनकै कारण बीसीसीआईका केही वरिष्ठ अधिकारी भने आधा खेल युएईमा पर्ने पक्षमा देखिएका छन् । लोकसभा निर्वाचनकै कारण हाल आईपीएलको आधा खेल तालिकामात्र सार्वजनिक गरिएको छ । हाल आईपीएलको सुरुवाती २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको हो ।
सुरुवाती २१ खेल मार्च २२ देखि अप्रिल ७ तारिखसम्म खेलाइने छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । यसैगरी पहिलो चरणको अन्तिम खेल भने अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार, बीसीसीआईका केही वरिष्ठ अधिकारी आईपीएलको विषयमा छलफल गर्न युएई भ्रमणमा निस्किएका छन् ।
सचिव जय शाहले भने लोकसभा चुनावले आईपीएलमा कुनै असर नगर्ने दाबी गरेका छन् । भारतीय निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ । आयोगका अनुसार, निर्वाचन अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण