‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना
काठमाडौँ । फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीको जोडी रहने भएको छ । निर्माण युनिटले फिल्मका लागि पुष्पसँग कागजी सम्झौता गर्दै जोडीको विषयमा सार्वजनिक गरेको हो ।
शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा पुष्प र अञ्जनाको अलवा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको समेत अभिनय रहनेछ ।
आगामी जुनमा छायाङ्कनको लक्ष्य रहेको यस फिल्ममा देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा विषय बनाइएको छ । ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा छायांकन हुने फिल्ममा ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने बताइन्छ ।
शिव आर ठकुरीको कथा, किरण घिमिरे (माइकल)को पट्कथा रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल र निर्माता आरती शाही हुन् ।
कार्कीले यस अगाडि ‘सत्यम्’ निर्देशक गर्ने तयारी गरेका थिए । हल्लाखल्ला राम्रो भएको फिल्ममा राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरीको अभिनय रहने बताइएको थियो । तर फिल्म निर्माण भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण