निर्देशकलाई कहिल्यै हस्तक्षेप गरिन : दीपकराज गिरी
काठमाडौँ । कलाकार, निर्माता दीपकराज गिरीले आफूले निर्देशकलाई कहिल्यै हस्तक्षेप नगरेको बताएका छन् । फिल्म कस्तो बनाउने भन्ने निर्देशकको बिषय भएकोले स्वतन्त्र छोड्ने गरेको उनको धारणा थियो ।’
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो दिन आइतबार ‘निर्देशक हराएको सूचना’ बहसमा गिरीलाई तपाईंको फिल्मका हरेक दृश्य र संवादमा तपाईंकै उपस्थितिको आभास गर्न सकिन्छ किन ? भन्ने प्रश्न राखिएको थियो । जवाफमा गिरीले यसमा सत्यता नरहेको बताए ।
‘फिल्म टिमवर्क हो । त्यसलाई चलाउने निर्देशकले हो’, गिरीले भने, ‘कहिलेकाहीँ ड्राइभिङ सिटमा नभए पनि खलासीले स्लो गर्नुस्, म ओत हाल्छु भनेर निर्देशन गर्छ ।’ यसको मतलब बाहिरको वातावरणसँग उ अलि अनुभवी छ । त्यसले ड्राइभरसँग शेयर गर्यो भनेर बुझ्नुपर्ने धारणा उनको छ । उनले थपे, ‘त्यो शेयर गर्नु भनेको परफेट ड्राइभर हुनु होइन ।’
‘हामी त स्पट ब्वाइहरुको पनि सल्लाह लिन्छौ । त्यो फिल्ममा राख्ने नराख्ने अधिकार निर्देशकमा हुन्छ । मेरो फिल्मको पनि त्यही हो’, उनले अगाडि भने ‘म फिल्म अझै बेटर होस् भनेर विद्यार्थीको रूपमा जो निर्देशक भए पनि जोडिने व्यक्ति हो । जोसँग म काम गरिरहेको हुन्छु उहाँसँग धेरै क्लोज हुन्छु ।’ काम गरिरहँदा कुनै नयाँ सिन दिमागमा आउँछ । अझ काम राम्रो हुनसक्छ कि भनेर शेयर गर्ने हो । त्यसको मतलब हस्तक्षेप गरेको भन्न नमिल्ने उनको भनाई थियो ।
‘सुरु सुरुमा दीपाको नाम मात्र हो । निर्देशक दीपक आफैले गरेको छ भन्ने सुनियो । त्यो सुन्दा दीपालाई जति नराम्रो लाग्छ । त्यो भन्दा दुई गुना मलाई नराम्रो लाग्यो’, दीपकले स्पष्ट पारे, ‘त्यस्तो हो भने मै निर्देशन गरिहाल्थे नि । मैले नि फिल्म निर्देशन गर्ने दिन पनि आउँछ । त्यो दिन कुरिरहेको छु ।’
आफू निर्देशक भएपछि अहिले काम गरेका दीपा लगायत सबै निर्देशकसँग समेत सल्लाह लिने उनले सुनाए । उनी भन्छन्, ‘मैदानमा फुटबल खेलाडीले भन्दा बढी दर्शकले समस्या देख्छ । त्यसैले पनि म निर्देशकलाई सुझाउँछु ।’
‘कहिले सम्पादक, कहिले इडिटर र कतिले कलाकारले राम्रो सुझाव दिन्छ । त्यो भन्दै त्यो फिल्मको निर्देशक त्यही हो भन्न मिल्दैन ।’ उनले थपे ,‘त्यसो गर्दा निर्देशक प्रति अन्याय हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण