सेयर बजारको ओरालो यात्रा जारी, लगातार तेस्रो दिन घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । गत साताको बुधबार र बिहीबार घटेको सेयर बजार आज पनि घटेर बन्द भएको हो ।
यससँगै, तीन कारोबार दिनमा नेप्से परिसूचक ३५.९८ अंकले घटेको छ ।
आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ ।
आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ । आज सप्तकोसी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.८३ प्रतिशतको गिरावट आएको छ ।
कारोबारमा आएको १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । आज होटल एण्ड टुरिजम समूहको सूचक ८२ अंकले घट्दा जलविद्युत समूहको सूचक २९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचक २४ अंकले घटेको छ ।
यसक्रममा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । आज यो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनरल्सको सेयर २३ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण