बच्चा चोरी प्रकरण
थापाथलीबाट बच्चा चोर्ने मनकुमारीलाई डेढलाख धरौटीमा छाड्न आदेश
आइतबार, ०४ चैत २०८०, १६ : २१
काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो । मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण