सुदूरपश्चिम सरकारलाई समर्थन कायमै राख्ने नाउपाको निर्णय
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
आइतबार बसेको नाउपा संसदीय दलको बैठकले कांग्रेसलाई सघाउने निर्णय गरेको हो । संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने, ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ । हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ । प्रदेश पनि स्वायत्त हो । यसले नयाँ सन्देश पनि जान्छ ।’
सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार उनीहरू दुवैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेको बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना चाहिन्छ । ५३ सदस्यीय प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।
शाह नेतृत्वको सरकारलाई सुविधाजनक बहुमतका लागि २ सिटको कमी छ । सरकारको लागि यहाँका स्वतन्त्र सांसद डा.तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टको समर्थन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण