शुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न माग
बुटवल । राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेको शुकदेव गुरुङलाई सरकारले सहिद घोषणा गर्न ध्यान नपुर्याउनु दुखद भएको भन्दै सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । सहिद शुकदेव राष्ट्रिय कार्यदल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा भएको सहिद चोक घोषणा र शुकदेव गुरुङ सहिद घोषणा गर्न आयोजित सर्वपक्षीय सर्वदलीय अन्तरक्रियामा बोल्ने सरोकारवालाहरूले जनजातिको भूमिकाको सरकारी संयन्त्रबाट मूल्याङ्कनमा नभएको गुनासो गरेका हुन्।
वि.स १९३३ साल चैत्र १० गते जङ्गबहादुर राणा को शासन कालमा हत्या गरिएको सहिद शुकदेवलाई हाल सम्मका शासकहरूले वास्तविक इतिहास र बलिदानलाई पूर्वाग्रही दृष्टिकोणले हेरिनु र राष्ट्रका वीर वीरङ्गनाहरुलाई राज्य द्वारा अपहेलित उनीहरूको आरोप रहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तथ्य र प्रमाणलाई बलियो बनाउँदै शुकदेवलाई सहित घोषणा गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए ।
उनले आफूले प्रदेश तहबाट शुकदेवलाई सहिद घोषणाको लागि गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए । घर्तीले यसको लागि आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको दाबी गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश संयोजक नवीन सुनारले जनजातिको भूमिकाको सरकारी संयन्त्रबाट मूल्याङ्कनमा नभएको गुनासो गरे ।
तमु हयुला छोजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनबहादुर गुरुङले जङ्गबहादुर राणाले रक्तपातपूर्ण कोतपर्वबाट थालेको निरङ्कुश शासनका विरुद्ध खडा भएका आदि विद्रोहीमध्ये शुकदेवलाई सहिद दर्ता तत्काल आवश्यक भएको बताए ।
आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश सचिव मनोज रानाले प्रथम सहिद लखन थापाको माग गर्दै निकै लामो समय आन्दोलित बन्नु परेको बताउँदै लामो समय पछि घोषणा भएको स्मरण गरे ।
जनप्रतिनिधिहरू सत्तामा जाँदा सबै कुरा बिर्सने रोग लाग्ने आरोप लगाउँदै लुम्बिनी प्रदेशबाट यो आन्दोलन बलियो बन्नुपर्ने बताए ।कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादव, प्रकाश राना, झमबहादुर गुरुङ, मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद शुकदेव राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धन बहादुर गुरुङ ,आदिवासी जनजाति महासङ्घ रुपन्देही उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीमा अध्यक्ष विमला गुरुङ लगायतले बोलेका थिए । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङ वि. सं. १९३३ चैत १० गते जेलभित्रै मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण