नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार
आइतबार, ०४ चैत २०८०, १९ : २४
चितवन । चितवनको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको आइतबार सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ ।
हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैबिच सुनसरीको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षीय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुबेर बेपत्ता भएका थिए ।
नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण