सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार

आइतबार, ०४ चैत २०८०, १९ : २४
आइतबार, ०४ चैत २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको आइतबार सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ ।

हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबिच सुनसरीको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षीय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुबेर बेपत्ता भएका थिए ।

नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप