सुनसरीको बर्जुमा आगलागी, २७ घर जले
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा भएको आगगालीबाट २७ घर जलेका छन् ।
जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट बस्तीका अधिकांश घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए । आगलागी भएका अधिकांश घर फुसका थिए ।
आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ । यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
आगलागी पीडितहरूलाई गाउँपालिकाको पहलमा टेन्टको व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने तत्कालको लागि खाद्यान्न वितरण गर्ने वडाध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण