पराष्ट्रमन्त्री र एनआरएनएका अध्यक्ष आरके शर्माबिच भेटवार्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले उपप्रधान एवम् नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका दिएका छन् ।
मन्त्री निवासमा भएको भेटका क्रममा शर्माले श्रेष्ठलाई बधाई दिँदै समसामयिक विषयमा छलफल समेत गरेका थिए । सो क्रममा शर्माले संघको ११ औँ निर्वाचनका क्रममा भएको अनियमितताको विषयमा मन्त्रीलाई ध्यानाकर्षण गराउँदै छानबिन समितिले समेत रिपोर्ट दिइसकेकाले संघलाई न्याय दिलाइदिन आग्रह गरेका थिए ।
यस्तै उनले रसियामा समस्यामा परेका नेपालीलाई उद्धार गर्न आग्रह परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदै मध्यपूर्व र विश्वभरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयको तर्फबाट पहलकदमी लिइदिन अनुरोध गरेका थिए ।
जवाफमा शर्माले आफू एनआरएनएसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै विभाजित एनआरएनएलाई मिल्न आग्रह गरेका थिए । एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पुरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन श्रेष्ठले आग्रह गरेका थिए ।
यसैबीच शनिबार अर्का अध्यक्ष बद्री केसीले पनि श्रेष्टसँग भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण