युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ
नयाँ दिल्ली । युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई नोएडा प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआई र पीटीआईमार्फत यो जानकारी आएको हो।
एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेश गरेको छ। नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा सर्पको विष प्रयोग गरेको मामिलामा एफआईआर दर्ता गरेको थियो। एल्विश यादव पनि यस मुद्दामा अभियुक्त हुन् ।
एल्विशमाथि सर्पको विष प्रयोग गरेको आरोप छ। तर, उनले मिडियामा पटकपटक यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।
यादव एक चर्चित युट्युबर हुन्। उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन् ।
यादवले युट्युबमा रमाइलो भिडियो बनाउँछन् । उनको रोस्टिङ भिडियोहरू पनि निकै लोकप्रिय छन्। हरियाणाको गुरुग्राममा १४ सेप्टेम्बर १९९७ मा जन्मेका यादवले २०१६ मा आफ्नो युट्युब च्यानल खोलेका थिए । उनले दिल्ली विश्वविद्यालयबाट बीकम गरेका छन्। यादवको वास्तविक नाम सिद्धार्थ यादव थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण