प्रज्ञा प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा
काठमाडौँ । नेपालका भाषा ,साहित्य, संस्कृति, समाजशास्त्र र दर्शनशास्त्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापना भएको हो । यस उद्देश्य अनुरूप विधागत रूपमा दीर्घसाधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार -२०८० प्रदान गर्ने निर्णय प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले गरेको थियो ।
उक्त बैठकको निर्णयअनुसार खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार , मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार , शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार , घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ,प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार ,बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य) ,राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य),गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रत्येक वर्ष प्रदान गरिँदै आएका यी पुरस्कारहरूको राशि जनही रु. १ लाख रहेको छ । यस मध्ये प्रज्ञा मातृभाषा साहित्य पुरस्कार- २०८० पहाडी/हिमाली क्षेत्रबाट डा.योगेन्द्रमान प्रधानाङ्ग तथा तराई/मधेस क्षेत्रबाट बेचन उराँवलाई यसअघि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ का अवसरमा सुनसरीस्थित धरानमा प्रदान गरिएको थियो ।उक्त कुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण