शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनको एक वर्ष पूरा

सोमबार, ०५ चैत २०८०, ०९ : ५१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो। 

देशभरका ६२ वटा आङ्गिक क्याम्पसहरूमध्ये २०७९ चैत ५ गते ४४ आङ्गिक क्याम्पसहरूमा निर्वाचन भएको थियो। भने १३ वटा अवरोध सिर्जना भएको थियो। एक बर्सको अवसरमा स्ववियुहरूले क्याम्पसहरूले सहकार्य र सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। 

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको थियो। 

 त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको थियो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुँदै आएका छन्। 

२०७३ सालमा उपत्यकामा नौवटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । त्यसयता निर्वाचन हुन सकेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप