आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

सोमबार, ०५ चैत २०८०, १० : ५४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ । हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २४ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २३ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप