आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सोमबार, ०५ चैत २०८०, १० : ५४
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ । हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २४ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २३ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण