मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा तीव्र गतिमा दौडिरहेको रेलको चार वटा डिब्बा बाहिर निस्कियो

सोमबार, ०५ चैत २०८०, ११ : ३०
सोमबार, ०५ चैत २०८०

नयाँ दिल्ली । सोमबार बिहान भारतको अजमेर स्टेशन नजिक एउटा (सुपर फास्ट) तीव्र गतिमा दौडिरहेको रेलको चारवटा डिब्बा लिकबाट बाहिर आएको छ । यो घटना साबरमती–आगरा फास्ट ट्रेनमा भएको हो । यो दुर्घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ ।

दुर्घटनामा कोही घाइते भएका छैनन् । दुघर्टना राति एक बजे आसपास भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । रेल आगरा गइरहेको थियो ।

‘यो घटना रेल अजमेर स्टेशन पार गरेर मदार स्टेशन पुग्नेवाला थियो । अहिलेसम्म रेल लिकबाट किन उत्रियो भन्ने चाँहि पत्ता लागेको छैन ।’

उत्तर पश्चिम रेल्वे जनसम्पर्क अधिकारीले भनेको भन्दै सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले समाचार लेखेको छ । यो घटनामा कुनै पनि व्यक्ति हताहत नभएको ती अधिकारीले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप