भारतमा तीव्र गतिमा दौडिरहेको रेलको चार वटा डिब्बा बाहिर निस्कियो
सोमबार, ०५ चैत २०८०, ११ : ३०
नयाँ दिल्ली । सोमबार बिहान भारतको अजमेर स्टेशन नजिक एउटा (सुपर फास्ट) तीव्र गतिमा दौडिरहेको रेलको चारवटा डिब्बा लिकबाट बाहिर आएको छ । यो घटना साबरमती–आगरा फास्ट ट्रेनमा भएको हो । यो दुर्घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ ।
दुर्घटनामा कोही घाइते भएका छैनन् । दुघर्टना राति एक बजे आसपास भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । रेल आगरा गइरहेको थियो ।
‘यो घटना रेल अजमेर स्टेशन पार गरेर मदार स्टेशन पुग्नेवाला थियो । अहिलेसम्म रेल लिकबाट किन उत्रियो भन्ने चाँहि पत्ता लागेको छैन ।’
उत्तर पश्चिम रेल्वे जनसम्पर्क अधिकारीले भनेको भन्दै सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले समाचार लेखेको छ । यो घटनामा कुनै पनि व्यक्ति हताहत नभएको ती अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण