नेप्से ३ अंकले बढ्यो, २ अर्ब ८८ करोडको कारोबार
काठमाडौँ । नेप्से सूचक ३ अंकमाथिले बढेको छ । अघिल्लो दिन १० अंकले घटेको बजारमा आज सोमबार नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ७३.५३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत १.३० अंकले बढ्दै ३६९.५६ अंकमा उक्लिएको जनाएको छ ।
१३ वटा उपसूचकमध्ये आज बैंकिङ, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक ऋणात्मक भएको छ भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।
आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको मूल्य घटेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
३ अंकमाथिले नेप्से सूचक बढेको यसदिन २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको छ ।
आज गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने यता मानुषी लघुवित्त वित्तीय संस्थाको मूल्य ५.१५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण