शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्से ३ अंकले बढ्यो, २ अर्ब ८८ करोडको कारोबार

सोमबार, ०५ चैत २०८०, १५ : २२
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेप्से सूचक ३ अंकमाथिले बढेको छ । अघिल्लो दिन १० अंकले घटेको बजारमा आज सोमबार नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ७३.५३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो । 

आज सेन्सेटिभ इन्डेक्स समेत १.३० अंकले बढ्दै ३६९.५६ अंकमा उक्लिएको जनाएको छ । 

१३ वटा उपसूचकमध्ये आज बैंकिङ, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक ऋणात्मक भएको छ भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । 

आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको मूल्य घटेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

३ अंकमाथिले नेप्से सूचक बढेको यसदिन २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको छ । 

आज गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने यता मानुषी लघुवित्त वित्तीय संस्थाको मूल्य ५.१५ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप