शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य बन्नुपर्छ : सांसद भण्डारी

सोमबार, ०५ चैत २०८०, १५ : ५५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्ने बताएका छन् ।

सोमबार जारी प्रतिनिधि सभाको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै सांसद भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार विना मुलुक बन्न नसक्ने ठोकुवा गरे । 

‘शिक्षा विना कुनै मुलुक बनेको छ ?’ प्रश्न गर्दै सांसद भण्डारीले शिक्षित र स्वस्थ जनशक्तिको उत्पादनमा पहिला नलाग्ने हो भने मुलुकले कहिल्यै विकास नपाउने ठोकुवा गरे । जबसम्म शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको हालीमुहाली चल्छ तबसम्म मुलुकमा सुधार नआउने बताए । यसका लागि सरकारले बजेटमार्फत नै विशेष व्यवस्था गरेर शिक्षा र स्वास्थ्यमा सरकारको नेतृत्व हुनुपर्ने बताए ।

तर, प्रस्तावित बजेटको सिद्धान्त तथा प्राथमिकतामा सरकारले कुनैपनि शैक्षिक तथा स्वास्थ्य क्षेत्रको सुधारका कार्यक्रम ल्याउन नसकेको उनले तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप