बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य बन्नुपर्छ : सांसद भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्ने बताएका छन् ।
सोमबार जारी प्रतिनिधि सभाको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै सांसद भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार विना मुलुक बन्न नसक्ने ठोकुवा गरे ।
‘शिक्षा विना कुनै मुलुक बनेको छ ?’ प्रश्न गर्दै सांसद भण्डारीले शिक्षित र स्वस्थ जनशक्तिको उत्पादनमा पहिला नलाग्ने हो भने मुलुकले कहिल्यै विकास नपाउने ठोकुवा गरे । जबसम्म शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको हालीमुहाली चल्छ तबसम्म मुलुकमा सुधार नआउने बताए । यसका लागि सरकारले बजेटमार्फत नै विशेष व्यवस्था गरेर शिक्षा र स्वास्थ्यमा सरकारको नेतृत्व हुनुपर्ने बताए ।
तर, प्रस्तावित बजेटको सिद्धान्त तथा प्राथमिकतामा सरकारले कुनैपनि शैक्षिक तथा स्वास्थ्य क्षेत्रको सुधारका कार्यक्रम ल्याउन नसकेको उनले तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण