शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लेखनाथ न्यौपाने लेख्छन्– प्रचण्डका खास मान्छे भन्दै शासन चलाएकाहरू के सोच्दै होलान् ?

सोमबार, ०५ चैत २०८०, १७ : ००
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले विकृतिको केन्द्र सत्ता भएको प्रतिक्रिया दिएका छन् । जो जो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति त्यहीँबाट झ्याङ्गिएको उनको निष्कर्ष छ ।उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेकोप्रति इङ्गित गर्दै  न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको उल्लेख गरेका छन् ।  

उनले त्यत्रो सपना र बलिदानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर आफूले निरन्तर राख्दै आएको जिकिर गरेका छन् । यसरी निरन्तर खबरदारी गर्दा आफूलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको र जिल्लाहरू जान समेत अवरोध गरिएको उनले आरोप लगाए । न्यौपानेले प्रचण्डका खास मान्छे भन्दै शासन चलाएको आरोप लगाएका छन् । आजभोलि ती मान्छेले के सोच्दै होलान् भन्दै उनले प्रश्न गरेका छन् । 

‘त्यत्रो सपना र बलिदानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै  पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको छ । जिल्लाहरू जान नदिने गरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु । जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरी लाहुरेहरूले आजभोलि के सोच्दै होलान् ?  दुःख लाग्छ, यस्ताहरूले माओवादी आन्दोलनको नेतृत्व गरेपछि हुने यस्तै हो’, उनले लेखेका छन् । 

पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार बिहान प्रहरीले भैरहवाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप