जग्गा खाली गराउन ल्याबोरेटरी स्कुललाई त्रिविको बारम्बार ताकेता*
काठमाडौँ । आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन त्रिभुवन विश्वविद्यालयले बारम्बार ताकेता गर्दै आएको छ । त्रिविकै जग्गामा रहेको ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयलाई खाली गर्न बारम्बार ताकेता गर्दै आएको हो ।
त्रिविले उक्त जग्गा खाली गराउन २०७० सालदेखि ताकेता गर्दै आएको पाइएको हो । २०७० मा रजिस्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाले तीन महिनाभित्र जग्गा खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त जग्गा नेपाल सरकारले उपलब्ध गराएको भन्दै स्कुलले हट्न नमानेको आरोप त्रिविकै छ ।
पछिल्लो समय त्रिवि सामान्य प्रशासन महाशाखाले समेत बारम्बार ताकेता गर्दै आएको छ । तर, स्कुलले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएको छ । २०५७ साल साउन १३ गते ११३ रोपनी त्रिविको जग्गा शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाज नेपालबिच १५ वर्षे सम्झौता भएर ११३ रोपनी जग्गा दिएको थियो । तत्कालीन समयमा उक्त जग्गामा सञ्चालनमा रहेको स्कुल अन्यत्रै सार्ने व्यवस्था गरी तीन महिनाभित्र त्रिविलाई हस्तान्तरण गर्न निर्देशन थियो ।
(*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण