मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा खाली गराउन ल्याबोरेटरी स्कुललाई त्रिविको बारम्बार ताकेता*

सोमबार, ०५ चैत २०८०, १८ : १०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन त्रिभुवन विश्वविद्यालयले बारम्बार ताकेता गर्दै आएको छ । त्रिविकै जग्गामा रहेको ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयलाई खाली गर्न बारम्बार ताकेता गर्दै आएको हो । 

त्रिविले उक्त जग्गा खाली गराउन २०७० सालदेखि ताकेता गर्दै आएको पाइएको हो । २०७० मा रजिस्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाले तीन महिनाभित्र जग्गा खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त जग्गा नेपाल सरकारले उपलब्ध गराएको भन्दै स्कुलले हट्न नमानेको आरोप त्रिविकै छ । 

पछिल्लो समय त्रिवि सामान्य प्रशासन महाशाखाले समेत बारम्बार ताकेता गर्दै आएको छ । तर, स्कुलले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएको छ । २०५७ साल साउन १३ गते ११३ रोपनी त्रिविको जग्गा शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाज नेपालबिच १५ वर्षे सम्झौता भएर ११३ रोपनी जग्गा दिएको थियो । तत्कालीन समयमा उक्त जग्गामा सञ्चालनमा रहेको स्कुल अन्यत्रै सार्ने व्यवस्था गरी तीन महिनाभित्र त्रिविलाई हस्तान्तरण गर्न निर्देशन थियो ।

(*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप