रविको बचाउमा केपी ओली : उजुरीकै भरमा मन्त्री हुन नपाउने भए सबै खाली हुन्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताएका छन् ।
मङ्गलबार धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । ‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’, ओलीको भनाइ छ ।
उनले गम्भीर नै मुद्दा हुँदा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा त्यसलाई फरक ढङ्गबाट हेरिनुपर्ने बताए । ‘नेपाली कांग्रेसको तर्फबाट मन्त्री भएको सन्दर्भमा अस्ति कुरा उठेको थियो कि मुद्दा एकपछि अर्को छ, मुद्दा गम्भीर छन् तर झण्डा हालेर बयान दिइरहनुभएको छ, यस्तो अवस्थामा कमसेकम मन्त्रीको पद लिएर छानबिन,अनुसन्धान र न्यायमा प्रभावित गर्न नखोजेर किनारामा बस्नुस्’, अध्यक्ष ओलीले कांग्रेसका नेतामाथि प्रश्न उठ्न नसुनिएको बताउँदै भने । तर उनले एमाले नेतामाथि प्रश्न उठ्दा र बोलीमात्र चिप्लिदा पनि मन्त्रीबाट राजीनामा गर्न लगाएको स्मरण गरे ।
‘बोली चिप्लियो भनेको भरमा हामीले शेरबहादुर तामाङ र गोकुल बाँस्कोटालाई राजीनामा गराएका थियौ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण