रावण बन्न १५० करोड भारु लिए यशले
मुम्बई । केजीएफ र केजीएफ २ का स्टार यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् ।
दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् । विशेष कुरा के छ भने यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक पाएका छन् । यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो ।
मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् । बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन।
शीर्ष खलनायक प्राणले कुनै जमानमा एक फिल्मका लागि ६ सय रुपैयाँ पाएका थिए । त्यो अवधिमा कुनै खलनायकले पाएको त्यो सबैभन्दा बढी पारिश्रमिक थियो । रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण