शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रावण बन्न १५० करोड भारु लिए यशले

मङ्गलबार, ०६ चैत २०८०, १० : ५१
मङ्गलबार, ०६ चैत २०८०

मुम्बई । केजीएफ र केजीएफ २ का स्टार यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् । 

दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् । विशेष कुरा के छ भने यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक पाएका छन् ।  यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो । 

मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् । बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन। 

शीर्ष खलनायक प्राणले कुनै जमानमा एक फिल्मका लागि ६ सय रुपैयाँ पाएका थिए । त्यो अवधिमा कुनै खलनायकले पाएको त्यो सबैभन्दा बढी पारिश्रमिक थियो ।  रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप