धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते
मङ्गलबार, ०६ चैत २०८०, ११ : २०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् ।
वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो । मङ्गलबार बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको थियो ।
अधिकारीका अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जानकारी अधिकारीले दिए ।
उनले भने,‘ अहिले म अस्पतालमै छु, घाइतेहरूको उपचार भइरहेको छ । एक जना गम्भीर हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण