शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते

मङ्गलबार, ०६ चैत २०८०, ११ : २०
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । 

वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो । मङ्गलबार बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको थियो । 

अधिकारीका अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जानकारी अधिकारीले दिए । 

उनले भने,‘ अहिले म अस्पतालमै छु, घाइतेहरूको उपचार भइरहेको छ । एक जना गम्भीर हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप