शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मासँग शोभित बस्नेतको भेट, नेपाली फिल्म प्रमोसनमा सघाउन आग्रह

मङ्गलबार, ०६ चैत २०८०, ११ : ३४
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन् । 

भेटमा शोभितले शर्मालाई नेपाली फिल्म प्रमोसनमा सघाउन अनुरोध गरेका थिए । कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । उनले भने, ‘कपिलले मेरो फिल्म ‘बद्री बहादुर’ लाई पनि शुभकामना दिएका छन् ।’

बद्री बहादुर सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म हो । एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका विजय गोपाल दली प्रस्तुतिकर्ता र मिथुन भोटे निर्मातामा हुन् ।

चैत्र २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायाङ्कन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्मलाई काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप