शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित विभिन्न स्थानमा तीन जना मृत फेला

मङ्गलबार, ०६ चैत २०८०, १४ : ०८
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगल बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

यस्तै पर्वतको पैयु गाउँपालिका-५ भोटेगौँडास्थित सिँचाइको कुलोमा सोही गाउँपालिका-५ माछाकाँडे बस्ने ७६ वर्षीय नन्दलाल तिवारी सोमबार मृत अवस्थामा फेला परेका छन् । उता तनहुँको ऋषिङ गाउँपालिका-१ ठाँटीस्थित लुन्द्री थापाको घरमा सोही गाउँपालिका-२ बस्ने निजकै दाइ ५२ वर्षीय गुञ्ज बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप