काठमाडौँसहित विभिन्न स्थानमा तीन जना मृत फेला
मङ्गलबार, ०६ चैत २०८०, १४ : ०८
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगल बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै पर्वतको पैयु गाउँपालिका-५ भोटेगौँडास्थित सिँचाइको कुलोमा सोही गाउँपालिका-५ माछाकाँडे बस्ने ७६ वर्षीय नन्दलाल तिवारी सोमबार मृत अवस्थामा फेला परेका छन् । उता तनहुँको ऋषिङ गाउँपालिका-१ ठाँटीस्थित लुन्द्री थापाको घरमा सोही गाउँपालिका-२ बस्ने निजकै दाइ ५२ वर्षीय गुञ्ज बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण