नेप्से ६ अंकले घट्यो, ३ अर्ब ६३ करोड कारोबार
काठमाडौँ । मंगलबार नेप्से सूचक ६ अंकमाथिले घटेको छ । अघिल्लो दिन ३ अंकले नेप्से सूचक बढेको बजारमा आज ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा झरेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१३ वटा उपसूचक मध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स तीनवटा उपसूचक मात्र धनात्मक भएका छन् ।
तथापि, आज हिजोको भन्दा केही कारोबार बढेको छ । ६ अंकले घटेको बजारमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन ३ अंकले नेप्से बढेको दिन २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको थियो ।
आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य ७.०८ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण