भन्सार विधेयकले ‘क्यापिटल फ्लाइट’ रोक्नुपर्छ : सांसद पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले फोनको भरमा भन्सारको दर फेरबदल हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । सरकारले सांसदमा ‘भन्सार विधेयक, २०८०’ पेस गरेसँगै यसमाथिको छलफलका क्रममा पौडेलले फोनको भरमा भन्सारदर फेरबदल हुन नहुने बताएका हुन् ।
उनले भने, ‘भन्सार प्रशासनलाई सरलीकरण गरियो भने मात्रै व्यवस्थित हुन्छ ।’ यसबाहेक, भन्सार प्रक्रियालाई ‘क्यासलेस’ र ‘फेसलेस’ बनाउनुपर्ने उनको भनाई छ । सरकारले भन्सारबिन्दुमा जाँचपासका लागि आउने वस्तुको न्यूनतम मूल्यांकन गर्ने व्यवस्था समेत नगरिएकाले साप्ताहिकरुपमा ‘अपडेट’ गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको भनाई छ ।
यस्तै, भारतसहित तेस्रो मुलकबाट आयात गरिने वस्तुको अधिक मूल्य कायम गर्दै ‘क्यापिटल फ्लाइट’ भइरहेको छ । यसलाई अन्त्य गर्नेगरी सांसदमा पेस भएको विधेयकमा नसमेटिएको पौडेलले बताए । ‘यहीकारण संशोधनका लागि सांसदमा पेस भएको विधेयकले अहिलेको भन्सार प्रक्रियालाई व्यवस्थित बनाउँछ भन्नु उपयुक्त नहुन सक्छ,’ पौडेलले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
-
अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु
-
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
-
नागढुंगा सुरुङबाट निस्केको पानीको सदुपयोगबारे सांसद तिमिल्सिनाले उठाइन प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण