शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार विधेयकले ‘क्यापिटल फ्लाइट’ रोक्नुपर्छ : सांसद पौडेल

मङ्गलबार, ०६ चैत २०८०, १६ : ५२
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले फोनको भरमा भन्सारको दर फेरबदल हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । सरकारले सांसदमा ‘भन्सार विधेयक, २०८०’ पेस गरेसँगै यसमाथिको छलफलका क्रममा पौडेलले फोनको भरमा भन्सारदर फेरबदल हुन नहुने बताएका हुन् ।

उनले भने, ‘भन्सार प्रशासनलाई सरलीकरण गरियो भने मात्रै व्यवस्थित हुन्छ ।’ यसबाहेक, भन्सार प्रक्रियालाई ‘क्यासलेस’ र ‘फेसलेस’ बनाउनुपर्ने उनको भनाई छ । सरकारले भन्सारबिन्दुमा जाँचपासका लागि आउने वस्तुको न्यूनतम मूल्यांकन गर्ने व्यवस्था समेत नगरिएकाले साप्ताहिकरुपमा ‘अपडेट’ गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको भनाई छ ।

यस्तै, भारतसहित तेस्रो मुलकबाट आयात गरिने वस्तुको अधिक मूल्य कायम गर्दै ‘क्यापिटल फ्लाइट’ भइरहेको छ । यसलाई अन्त्य गर्नेगरी सांसदमा पेस भएको विधेयकमा नसमेटिएको पौडेलले बताए । ‘यहीकारण संशोधनका लागि सांसदमा पेस भएको विधेयकले अहिलेको भन्सार प्रक्रियालाई व्यवस्थित बनाउँछ भन्नु उपयुक्त नहुन सक्छ,’ पौडेलले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप