सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा एक सातामा १८ ठाउँमा आगलागी, ७ जना घाइते

मङ्गलबार, ०६ चैत २०८०, २० : २०
मङ्गलबार, ०६ चैत २०८०

काभ्रे । काभ्रेमा गत एक साताको अवधिमा १८ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एक साताको बिचमा १८ ठाउँमा आगलागीका घटनामा परेर ७ जना घाइते भएका छन् ।

यस्तै आगलागीबाट ६ घर र ७ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार २ जना घाइतेको कीर्तिपुर अस्पताल काठमाडांैमा उपचार भइरहेको छ ।

आगलागीका घटनामा १२ लाख ५० हजार रुपैयाँ क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । विभिन्न ठाउँमा लागेको आगलागीका घटनामा ११६ जना प्रहरी झण्डै ४४ घन्टा खटिएका उनले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार गत फागुन २६ मा पनौती–५ मा रहेको छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा ५ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ भने फागुन २७ बनेपा–१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

फागुन २८ मा तेमाल–७ लेखपाखा सामुदायिक वनमा आगलागी हुँदा ७ रोपनी वन क्षेत्रमा क्षति भएको छ । फागुन २९ मा चौरीदेउराली–५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा ६ रोपनी वन क्षेत्रमा क्षति पुगेको थियो । फागुन २९ मा चौरीदेउराली–५ बालुवापाखो स्थित बरारे सामुदायिक वनमा आगलागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

फागुन २९ मा पाँचखाल–४ जिरोकिलो हाईवे नजिकै रहेको फोहोर थुपारी राखेको ठाउँमा आगलागी भएको थियो । फागुन ३० मा बनेपा–१३ भवानीथुम्का स्थित रहेको स्यालय गैरा सामुदायिक वनमा आगलागी हुँदा ७ रोपनी वन क्षेत्रमा क्षति पुगेको थियो । चैैत १ गते नमोबुद्ध–८ कार्यालय नाङेखेक/कुश्मती जङ्गलमा आगलागी हुँदा ७ रोपनी सामुदायिक वनमा क्षति भएको छ ।

चैत १ मा भुम्लु–८ को जङ्गलमा आगलागी हुँदा ६ रोपनी सामुदायिक वनमा क्षति भएको थियो भने चैत २ मा नमोबुद्ध–५ लासकोट स्थित विद्युत् ट्रान्सफरमा आगलागी भएको थियो । चैत ३ मा महाभारत–७ आलेबासपुर गुजेपानीका मंगल बहादुर रख्याल मगरले आफ्नै पाखा बारीमा फोहोर जलाउने क्रममा जस्ता र खरले छाएको २ वटा गोठमा जलेर नष्ट भएको थियो ।  आगलागीबाट १ लाख ७२ हजार रुपैयाँ क्षति भएको थियो ।

चैत ४ मा महाभारत–२ मुलडाँडा बस्ने वर्ष ४१ को सञ्चार घिसिङको जस्ताले छाएको घरमा आगलागी हुँदा घर भित्र रहेको लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाडाकुडा र नगत एक लाख ५ हजार रुपैयाँ समेत गरी ३ लाख रुपैयाँको क्षति भएको थियो । उक्त घटनामा सामान झिक्न जाने क्रममा संचार घिसिङ घाइते भएको र उनको वर्न अस्पताल किर्तिपुरमा उपचार भइरहेको छ । चैत ४ मा पनौती–३ बडारेस्थित दुर्गा प्रसाद सापकोटाको बारीमा झाडी जलाउने क्रममा घाइते भएका थिए । चैत ४ गते भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन आगलागी हुँदा ७ रोपनी वनमा क्षति हुनुको साथै नारायण प्रसादको गोठ जलेको थियो ।

चैत ४ मा खानिखोला–७ मोरङवेशी स्थित भक्त बहादुर भोलनको आफ्नै निजी पाखामा आगलागी हुँदा कुमार भोलनको काठबाट बनेको जस्ताले छाएको टहरो जलेको थियो । चैत ४ मा बेथानचोक–४ मा रहेको बेथान खोला सामुदायिक बनमा आगलागी भएको थियो । चैत ४ मा बनेपा–१४ मगरगाउँ स्थित सामुदायिक वनमा आगलागी हुँदा ६ रोपनी वनमा क्षति भएको थियो । चैत ४ मा पाँचखाल–३ मा रहेकोसर्वमंगला विद्यालयको हाताभित्र रहेको जङ्गलमा आगलागी हुँदा ५ रोपनी जङ्गलमा क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप