रोकियो अफगानिस्तान–पाकिस्तान सीमामा झडप
काबुल । पाकिस्तानी हवाई हमलाले अफगानिस्तान–पाकिस्तान सीमामा निम्त्याएको झडप रोकिएको तालिवान सरकारका प्रवक्ताले मङ्गलबार बताएका छन् ।
“लडाइँ रोकिएको छ र स्थिति शान्त छ”, तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एएफपीलाई भने । पाकिस्तान सरकारले सोमबार बिहान अफगानिस्तान खोस्त र पाक्तिका प्रान्तको सीमा क्षेत्रमा आक्रमण गरेको थियो ।
इस्लामाबादले आफ्नो भूमिमा भएको आक्रमणको जिम्मेवार लडाकुलाई हमला गरेको बताए पनि तालिवान सरकारले आक्रमणमा परी ज्यान गुमाउनेमा महिला र बालिबालिका गरी आठ सर्वसाधारण रहेको बताएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार यहाँको सीमावर्ती सेनाले भारी हतियारसहित सिमानामा रहेको पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर पाकिस्तानी हमलाको जवाफ दिएको थियो ।
पाकिस्तानी सीमावर्ती जिल्ला कुर्रमका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अफगान सैनिकहरूले उक्त क्षेत्रमा मोर्टार प्रहार गरेका थियो । “झडपमा तीन सैनिक चौकी र सर्वसाधारणका पाँच घरमा आंशिक क्षति पुगेको छ, चार सुरक्षाकर्मीसहित नौ जना घाइते भएका छन्, सीमामा हाल मौनता छाएको छ”, नाम नखुलाउन आग्रह गर्दै एक अधिकारीले भने ।
सन् २०२१ मा अफगानस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबिच सीमा तनाव बढ्दै गएको हो । इस्लामाबादले काबुलको तालिबान सरकारले लडाकुहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी सरकारमा हमला गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले भने आरोप अस्वीकार गर्दै आइरहेको छ ।
विवादित सीमामा चेकपोष्ट निर्माणलाई लिएर बारम्बार झडपहरू भइरहेका छन् भने अध्यागमन मतभेदका कारण व्यापारिक नाकाहरू बन्द रहेका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण