आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो सहायता जहाज चाँडै गाजाका लागि प्रस्थान गर्ने अपेक्षा

मङ्गलबार, ०६ चैत २०८०, २१ : ५४
मङ्गलबार, ०६ चैत २०८०

गाजा क्षेत्र  । खाद्य सहायताको दोस्रो ढुवानी आगामी दिनमा साइप्रसबाट गाजाका लागि प्रस्थान गर्ने साइप्रसका अधिकारीहरूले मङ्गलबार बताएका छन् । पहिलो डेलिभरी युद्धग्रस्त क्षेत्रमा वितरण भइरहेको थियो । 

साइप्रस सरकारका प्रवक्ता कन्स्टेन्टिनो लेटिम्बियोटिसले साइप्रसमा पत्रकारहरूसँग भने, “आगामी केही दिनभित्र दोस्रो जहाज गाजाका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।” आँधीका कारण यसको प्रस्थानमा ढिलाइ भएको थियो । “कार्गो पहिला नै अर्को जहाजमा लोड गरिएको छ, आवश्यक जाँच गरिएको छ”, प्रवक्ताले भने । 

यस अपरेसनको पछाडि परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) ले पहिलो खेपमा करिब दुई सय टन खाना रहेको र यसलाई विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को सुरक्षामा उत्तरी गाजामा पुर्याइएको बताएको छ । 

डब्ल्युसिकेले ढुवानी भएको डिब्बाबन्द सामान र थोक उत्पानका प्यालेटहरूको वितरण सुरु भएको बताएको छ । 

हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको अभूतपूर्व आक्रमणबाट सुरु भएको युद्धले गाजामा ठूलो मानवीय सङ्कट निम्त्याएको गरेको छ । राष्ट्रसङ्घीय एजेन्सीहरूले तत्काल उपायहरू लागु नगरिए सबैभन्दा आवश्यकता भएको उत्तरी गाजामा मेसम्ममा भोकमरी देखिने चेतावनी दिएका छन् । - (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप