दोस्रो सहायता जहाज चाँडै गाजाका लागि प्रस्थान गर्ने अपेक्षा
गाजा क्षेत्र । खाद्य सहायताको दोस्रो ढुवानी आगामी दिनमा साइप्रसबाट गाजाका लागि प्रस्थान गर्ने साइप्रसका अधिकारीहरूले मङ्गलबार बताएका छन् । पहिलो डेलिभरी युद्धग्रस्त क्षेत्रमा वितरण भइरहेको थियो ।
साइप्रस सरकारका प्रवक्ता कन्स्टेन्टिनो लेटिम्बियोटिसले साइप्रसमा पत्रकारहरूसँग भने, “आगामी केही दिनभित्र दोस्रो जहाज गाजाका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।” आँधीका कारण यसको प्रस्थानमा ढिलाइ भएको थियो । “कार्गो पहिला नै अर्को जहाजमा लोड गरिएको छ, आवश्यक जाँच गरिएको छ”, प्रवक्ताले भने ।
यस अपरेसनको पछाडि परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) ले पहिलो खेपमा करिब दुई सय टन खाना रहेको र यसलाई विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को सुरक्षामा उत्तरी गाजामा पुर्याइएको बताएको छ ।
डब्ल्युसिकेले ढुवानी भएको डिब्बाबन्द सामान र थोक उत्पानका प्यालेटहरूको वितरण सुरु भएको बताएको छ ।
हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको अभूतपूर्व आक्रमणबाट सुरु भएको युद्धले गाजामा ठूलो मानवीय सङ्कट निम्त्याएको गरेको छ । राष्ट्रसङ्घीय एजेन्सीहरूले तत्काल उपायहरू लागु नगरिए सबैभन्दा आवश्यकता भएको उत्तरी गाजामा मेसम्ममा भोकमरी देखिने चेतावनी दिएका छन् । - (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण