४८ दिनमा सकियो ‘पुजार सार्की’काे छायाङ्कन
काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को छायाङ्कन सकिएको छ । ४८ औँ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । मंगलबार फिल्ममा रहने ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीत छायांकनसँगे फिल्मको छायाङ्कन सकिएको निर्देशक राउतले बताए ।
गीतमा फिल्मका कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य गरेका छन् । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बुका अलवा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।
कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको फिल्म विकास सुवेदीले लेखेका छन् । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा भुसाल आफैले सङ्गीत दिएका छन् ।
राजेश श्रेष्ठले छायाङ्कन गरेको फिल्म सुप्रिम पराजुलीले सम्पादन गर्नेछन् । फिल्ममा हिमाल केसीको द्वन्द्व समेटिएको छ । किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण