बिहारको राजनीतिमा हलचल, पप्पु यादव र लालु यादवबिच भेटवार्ता
नयाँ दिल्ली । बिहारमा एनडीए दलहरूबिच सिट बाँडफाँड भएपछि विपक्षमा पनि राजनीतिक उथलपुथल तीव्र भएको छ । यसै सिलसिलामा जनअधिकार पार्टी (जेएपी)का पप्पु यादवले राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादव र तेजस्वी यादवसँग भेट गरेका छन् ।
पप्पु यादव लामो समयदेखि सीमाञ्चलमा महागठबन्धनसँग सम्झौता गर्ने प्रयासमा छन् । उनी पूर्णिया लोकसभा सिटमा महागठबन्धनको समर्थन चाहन्छन् । बिहारको राजनीतिक वृत्तमा पनि उनले आफ्नो पार्टी कांग्रेसमा विलय गर्न सक्ने चर्चा छ । पप्पु यादवकी पत्नी रञ्जित रञ्जन हाल कांग्रेसकी राज्यसभा सांसद हुन् । उनी कोशी सीमाञ्चल क्षेत्रको सुपौल सिटबाट पनि सांसद भइसकेकी छन् ।
बिहारमा विपक्षी दलहरूबिच जतिबेला पनि सिट बाँडफाँटको घोषणा हुनसक्ने अनुमान गरिएको छ । त्यसका लागि कांग्रेस र वाम दलको मागमा बढी सिटमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारी ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण