आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक’

बुधबार, ०७ चैत २०८०, १५ : १५
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले, मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिविधिहरुको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरूप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरूको,गतिबिधिहरुको समीक्षा गर्ने अवसरको रूपमा लिँदै आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ ।’

उनले मधेसमा रहेका विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे । 

उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्रै अब पुग्दैन । उसको क्षेत्राधिकारले निर्धारण गरेको विषयहरूमा संवैधानिक व्यवस्था अनुरूप सशक्त रूपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप