‘मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक’
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले, मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिविधिहरुको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरूप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरूको,गतिबिधिहरुको समीक्षा गर्ने अवसरको रूपमा लिँदै आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ ।’
उनले मधेसमा रहेका विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे ।
उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्रै अब पुग्दैन । उसको क्षेत्राधिकारले निर्धारण गरेको विषयहरूमा संवैधानिक व्यवस्था अनुरूप सशक्त रूपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण