बहस र गलत व्यवहार गर्ने बच्चालाई कसरी सम्झाउने ?
काठमाडौँ । यदि तपाईंको बच्चाले नकारात्मक जवाफ दिन थाल्छ वा राम्रोसँग व्यवहार गर्दैन भने, तपाईंले बुझ्नुपर्छ कि तपाईंको बच्चा तनावको शिकार हुन सक्छ। यस्तो अवस्थामा आमाबाबुले आफ्नो व्यवहार परिवर्तन गरेर बच्चाको व्यवहारमा परिवर्तन ल्याउन सक्छन् ।
युनिसेफका अनुसार तपाईंले आफ्नो दैनिक दिनचर्याबाट २० मिनेट समय निकालेर आफ्ना बालबालिकासँग कुरा गर्नुपर्छ। यो कुनै पनि घरायसी काम गर्दा गर्न सकिन्छ। तर ध्यान राख्नुहोस् कि आमाबाबु र बच्चा बिच कुराकानी गर्दा फोन र टिभीबाट दूरी कायम राख्नुहोस् ।
जब बच्चाहरूले राम्रो काम गर्छन्, तिनीहरूको प्रशंसा गर्नुहोस् र तिनीहरूलाई उपहार पनि दिनुहोस्। यसरी बच्चामा सकारात्मक प्रभाव पर्छ र उनीहरूले आफ्ना आमाबाबुका लागि कति विशेष छन् भन्ने महसुस गर्छन्। यसो गर्दा बच्चा शान्त र खुसी रहन्छन् ।
यदि बच्चा कुनै कुरामा रिसाएको छ भने, उसलाई हप्काउने मात्र नगर्नुहोस् । बरु उनीसँग खुलेर कुरा गर्नुहोस् र मायापूर्वक बुझाउनुहोस्। यसका साथसाथै बच्चालाई मनपर्ने खेल खेल्ने वा बाहिर घुम्न लैजाने जस्तै बच्चालाई खुसी पार्ने काम गर्नुहोस् ।
यदि तपाईंले बच्चाहरूलाई कुनै कुरा बुझाउनु छ भने, उनीहरूलाई स्पष्ट रूपमा बुझाउने प्रयास गर्नुहोस्। बालबालिकालाई नबुझ्ने गरी कुरा नगर्नुहोस् ।
यदि तपाईंको बच्चाले गर्न नहुने काम गर्छ भने, बच्चालाई शान्तिपूर्वक बुझाएर गल्ती गर्नबाट रोक्नुहोस्। यति हुँदाहुँदै पनि यदि बच्चाले उही गल्ती गर्छ भने आफूलाई नियन्त्रण गर्नुहोस् तर उनीसँग रिस वा दुर्व्यवहार नगर्नुहोस्। यदि बच्चाले तपाईंले भनेको कुरा बुझेर गल्ती गर्न छोड्छ भने, मायालुपूर्वक उसलाई बुझाउनुहोस् कि तपाईं यसबाट कत्ति खुसी हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण