परराष्ट्रमन्त्रीद्वारा पूर्वराजदूतहरूसँग छलफल
बुधबार, ०७ चैत २०८०, १५ : ५९
काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बुधवार पूर्वराजदूतहरूसँग छलफल गरेका छन्। उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि परराष्ट्र नीति लगायतको विषयमा सल्लाह लिनका लागि उनले आज यो छलफल राखेका हुन् ।
बदलिँदो परिस्थितिमा परराष्ट्र नीति कस्तो हुनुपर्छ, आगामी दिनमा परराष्ट्र मामिलालाई कसरी आगाडि बढाउने भन्ने लगायतका विषयमा मन्त्री श्रेष्ठले सल्लाह मागेका हुन् ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपाल एउटा देशको प्रभावमा पर्न नहुने र हरेक देशसँग समदुरी सम्बन्ध राख्नुपर्ने सुझाव दिए ।
अरू पूर्व राजदूतहरूले पनि भूराजनीति पेचिलो हुँदै गइरहेको भन्दै यस अवस्थामा नेपालले सचेतता पूर्वक कदम चाल्नु पर्ने सुझाव दिएका छन् । छलफल परराष्ट्र मन्त्रालयमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण