बास्केटबल सङ्घ गण्डकीको अध्यक्षमा गुरुङ सर्वसम्मत
बुधबार, ०७ चैत २०८०, १९ : ३१

पोखरा । गण्डकी प्रदेश बास्केटबल सङ्घको अध्यक्षमा धोज कुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार भएको आयोजक समितिको भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा किरण सापकोटा र कौशल्या गुरुङ चयन भए भने महासचिवमा विष्णुकुमार गुरुङ, सचिवमा सतीश राई तथा कोषाध्यक्षमा दिलीप गुरुङ सर्वसम्मत चयन भए ।
सदस्यहरूमा जगत राना, सोनाम गुरुङ, सौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी