१४१ प्रहरी नायव उपरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।
प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर शाह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।
पूर्वी रुकुमको इन्चार्जमा माधवराज खरेल, दोलखामा युवराज खड्का, तेह्रथुममा रञ्जन कुमार दाहाल, ताप्लेजुङमा रवि रावल र हुम्लामा रवीन्द्र खनाललाई सरुवा गरिएको छ । डोल्पामा हरिकृष्ण केसीलाई पठाइएको छ । कृष्ण खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र केशव भट्टराईलाई जिल्ला प्रहरी कार्यालय रसुवामा सरुवा गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ र रामेछापमा प्रदीप कुमार सिंहलाई सरुवा गरिएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण