भारतमा किसान आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो
बिहीबार, ०८ चैत २०८०, १२ : ५०
नयाँ दिल्ली । भारतमा किसान आन्दोलन सुरु भएको ३८ दिन भयो । यस अवधिमा ९ जना किसानसमेत १२ जनाको मृत्यु भएको छ ।
न्यूनतम समर्थन मूल्य (एमएसपी)को प्रत्याभूतिको माग गर्दै पन्जाब र हरियाण राज्यका किसानहरू शम्भु बोर्डर र खनौरी बोर्डरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनरत किसानहरू दिल्ली छिर्ने प्रयासमा छन् । तर प्रहरीले उनीहरूलाई दिल्लीको सीमा भित्र छिर्न दिएको छैन ।
यस क्रममा आन्दोलनरत किसान र सरकारबिच चार चरणमा वार्ता पनि भएको थियो । किसानका आन्दोलन कमजोर भएको सङ्केतबिच सरकारले दिल्लीको सीमा राखिएको ब्यारिकेडहरू हटाउन सुरु गरेको छ ।
बुधबार दिल्ली– गाजीपूर बोर्डरमा लगाइएको सीमेन्टेड ब्यारिकेड हटाइएको थियो । किसान आन्दोलन फेब्रुअरी १३ मा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण