रश्मिका अभिनीत ‘पुष्पा २’ मा के देख्न सकिन्छ ?
नयाँ दिल्ली । यतिबेला साउथ अभिनेता अल्लु अर्जुनका फ्यानहरू ‘पुष्पा २’को प्रतीक्षामा छन् । हालै मात्रै फिल्मको सेटबाट अल्लु अर्जुनको हिरोइन रश्मिका मन्दानाको एउटा तस्बिर लिक भाइरल भइरहेको छ । तस्बिरमा रश्मिकाले सुनौलो बोर्डर भएको रातो साडी लगाएकी छिन् । उनको घाँटीमा भारी गहना पनि देखिन्छ । अभिनेत्री कपालमा सुन्तला रङ्गको गजरा लगाएर लजालु देखिएकी छिन् ।
‘पुष्पा २’ मा के देख्न सकिन्छ ?
हालै एक अन्तर्वार्तामा रश्मिकालाई ‘पुष्पा २’बारे सोधिएको थियो । यसको उत्तरमा उनले फिल्मको आधा छायाङ्कन भइसकेको र छायाङ्कन व्यापक स्तरमा भइरहेको बताएकी थिइन् । फिल्मको अर्को एउटा गीतको छायाङ्कन हुन बाँकी रहेको पनि उनले बताएकी थिइन् । ‘पुष्पा २’मा आफू पुष्पा बनेका अल्लु अर्जुनको श्रीमती बनेको अनि पत्नी बनेसँगै केही जिम्मेवारी थपिएको बताएकी थिइन् । फिल्ममा निकै धेरै ड्रामा देख्न पाइने अनि मसला पनि टन्नै भएको उनको भनाइ थियो ।
अगस्ट १५ मा रिलिज हुँदै छ फिल्म
सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा हलमा रिलिज हुँदै छ । यस फिल्ममा अल्लु अर्जुनक र रश्मिका मन्दानाको साथमा फहद फासिल, जगदीश प्रताप बन्दरी, सुनील, राव रमेश र धनंजयको महत्वपूर्ण भूमिका रहनेछ । सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर बक्स अफिसमा ३३२ करोड रुपैयाँ कमाएको थियो । दर्शकहरूले फिल्मको स्टोरी लाइनबाहेक अल्लु अर्जुनको व्यक्तित्व, चरित्र र फिल्मको गीतलाई पनि निकै रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण