सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रश्मिका अभिनीत ‘पुष्पा २’ मा के देख्न सकिन्छ ?

बिहीबार, ०८ चैत २०८०, १३ : ४५
बिहीबार, ०८ चैत २०८०

नयाँ दिल्ली । यतिबेला साउथ अभिनेता अल्लु अर्जुनका फ्यानहरू ‘पुष्पा २’को प्रतीक्षामा छन् । हालै मात्रै फिल्मको सेटबाट अल्लु अर्जुनको हिरोइन रश्मिका मन्दानाको एउटा तस्बिर लिक भाइरल भइरहेको छ । तस्बिरमा रश्मिकाले सुनौलो बोर्डर भएको रातो साडी लगाएकी छिन् । उनको घाँटीमा भारी गहना पनि देखिन्छ । अभिनेत्री कपालमा सुन्तला रङ्गको गजरा लगाएर लजालु देखिएकी छिन् ।

‘पुष्पा २’ मा के देख्न सकिन्छ ?

हालै एक अन्तर्वार्तामा रश्मिकालाई ‘पुष्पा २’बारे सोधिएको थियो । यसको उत्तरमा उनले फिल्मको आधा छायाङ्कन भइसकेको र छायाङ्कन व्यापक स्तरमा भइरहेको बताएकी थिइन् । फिल्मको अर्को  एउटा गीतको छायाङ्कन हुन बाँकी रहेको पनि उनले बताएकी थिइन् । ‘पुष्पा २’मा आफू पुष्पा बनेका अल्लु अर्जुनको श्रीमती बनेको अनि पत्नी बनेसँगै केही जिम्मेवारी थपिएको बताएकी थिइन् । फिल्ममा निकै धेरै ड्रामा देख्न पाइने अनि मसला पनि टन्नै भएको उनको भनाइ थियो ।

अगस्ट १५ मा रिलिज हुँदै छ फिल्म

सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा हलमा रिलिज हुँदै छ । यस फिल्ममा अल्लु अर्जुनक र रश्मिका मन्दानाको साथमा  फहद फासिल, जगदीश प्रताप बन्दरी, सुनील, राव रमेश र धनंजयको महत्वपूर्ण भूमिका रहनेछ । सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर बक्स अफिसमा ३३२ करोड रुपैयाँ कमाएको थियो । दर्शकहरूले फिल्मको स्टोरी लाइनबाहेक अल्लु अर्जुनको व्यक्तित्व, चरित्र र फिल्मको गीतलाई पनि निकै रुचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप