भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् ।
गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गर्दा एकाइबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।
अस्पतालका अनुसार चालु आवको साउनदेखि फागुनसम्म सामाजिक सेवा एकाइबाट पाँच हजार छ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएका थिए । कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको हो ।
त्यसैगरी यो आठ महिनामा एक हजार छ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन् । गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त एकाइबाट सेवा लिनेको सङ्ख्या छ हजार छ सय ८७ थियो । यसैगरी , चार हजार पाँच सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको थियो ।
अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा हेमोडायलासिसका बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार एक जना बिरामीलाई एकपटकमा रु एक लाखसम्मको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण