माओवादीसँग एकताबारे सकारात्मक प्रयास जारी छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रबिच एकता आवश्यक रहेको विषयमा छलफल भइरहेको बताएका छन् । छलफल सकारात्मक भएको उनले जानकारी दिए । यद्यपि अहिले नितान्त मोर्चाको विषयमा छलफल भइरहेको छ विप्लवले बताए ।
‘एकताको कुरा नीतिगत कुरा हो । यस विषयमा निरन्तर कुरा भइरहेकै छ किनकि नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ’, रातोपाटीसँग उनले भने, ‘माओवादीबिचको एकताको कुरा पनि आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ ।’
२०६९ साल असारमा तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट अलगिएका विप्लव पछिल्लो समय माओवादीसँग नजिकिएका छन् । द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबिच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
यस्तै माओवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकता हुने सहमति भएको थियो । तर गत शनिबार प्रधानमन्त्री निवास बालुवटारमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी एकता सहमतिमा हस्ताक्षर गरेपछि पार्टी नै विभाजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी