माओवादीसँग एकताबारे सकारात्मक प्रयास जारी छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रबिच एकता आवश्यक रहेको विषयमा छलफल भइरहेको बताएका छन् । छलफल सकारात्मक भएको उनले जानकारी दिए । यद्यपि अहिले नितान्त मोर्चाको विषयमा छलफल भइरहेको छ विप्लवले बताए ।
‘एकताको कुरा नीतिगत कुरा हो । यस विषयमा निरन्तर कुरा भइरहेकै छ किनकि नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ’, रातोपाटीसँग उनले भने, ‘माओवादीबिचको एकताको कुरा पनि आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ ।’
२०६९ साल असारमा तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट अलगिएका विप्लव पछिल्लो समय माओवादीसँग नजिकिएका छन् । द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबिच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
यस्तै माओवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकता हुने सहमति भएको थियो । तर गत शनिबार प्रधानमन्त्री निवास बालुवटारमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी एकता सहमतिमा हस्ताक्षर गरेपछि पार्टी नै विभाजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण