सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गैरआवासीय राजदूतहरूको लुम्बिनी सम्मेलन सम्पन्न

शुक्रबार, ०९ चैत २०८०, २१ : ०९
शुक्रबार, ०९ चैत २०८०

बुटवल । गैरआवासीय राजदूतहरूको लुम्बिनी सम्मेलन सम्पन्न भएको छ । दुई दिने सम्मेलनको समापनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्व देखा परेको भन्दै तिनको समाधानका लागि बुद्ध जन्मभूमि नेपालबाट पहल गर्न सकिने बताए ।

उनले बुद्धको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्नेमा जोड दिए । बुद्व दर्शनमा सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्नेमा उनले जोड दिए ।

IMG_6955

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास व्यक्त गरे । उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्त्वपूर्ण योगदान गर्ने बताए ।

IMG_6932

बिहीबार सुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूत र सरकारी अधिकारी बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ति र समृद्विका लागि एकताबद्ध भइ सन्देश दिएका हुन् ।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, ्आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड, डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप