कलाकारका लागि खुसी विज्ञान कार्यक्रम आयोजना
काठमाडौँ । कलाकारका लागि खुसी जीवन कार्यक्रम आयोजना गरिएको छ । नेपाल चलचित्र कलाकार संघ र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कलाकारको शारीरिक मानसिक र भावनात्मक स्वास्थका लागि सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने अस्थिर मनलाई कसरी व्यवस्थापन र खुसीमा रुपान्तरण गर्ने प्रयोगात्मक अभ्यासबाट जानकारी दिए ।

उनले मानिस खुशी हुन मन व्यवस्थापन गर्नुपर्ने र मनको व्यवस्थापनका लागि उर्जाका सातवटा केन्द्र सक्रिय बनाउनुपर्ने बताए । कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाले मानव जीवनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मनलाई स्थिर बनाउनुपर्ने र त्यसका लागि चक्रको सन्तुलन हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले यस्ता कार्यक्रम कलाकारका लागि उपलब्धिमुलक हुने बताइन् । कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले कार्यक्रमको संयोजन तथा संघका सह कोषाध्यक्ष पवित्रा आचार्यले सह संयोजन गरेको कार्यक्रममा ७५ जनाभन्दा बढी कलाकार सहभागी थिए ।

अभ्यासका सहभागीहरुले सुख, शान्ति र समृद्ध जीवनका लागि यस्ता अभ्यासहरुले मार्ग सहज गर्नमा सहयोग पुर्याउने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण