मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

रुसमा आतंकवादी हमला :  यसअघि नै अमेरिकाले दिएको थियो चेतावनी

शनिबार, १० चैत २०८०, १२ : १२
शनिबार, १० चैत २०८०

मस्को । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चलेको घटना भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । यता युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।  पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई  निर्देशन दिएको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमा भएको आक्रमणमा मारिएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गरेका छन्, ‘हामी मस्कोमा भएको जघन्य चरमपन्थी हमलाको कडा निन्दा गर्छौँ। हाम्रो प्रार्थना पीडित परिवारसँग छ। दुःखको यस घडीमा भारत रुसी सरकार र त्यहाँका जनताको साथमा छ।’

  • यसअघि ह्वाइट हाउसले चेतावनी दिएको थियो

यता ह्वाइट हाउसले रुसी अधिकारीहरूलाई मार्चको सुरुमा मस्कोमा 'ठूलो भीड' मा आक्रमण हुनसक्ने जानकारी दिएको बताएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘यो महिनाको सुरुमा अमेरिकी सरकारलाई मस्कोमा कन्सर्ट जस्ता भिडभाड हुने ठाउँहरूलाई लक्षित गरी आतंकवादी हमलाको योजना बनाइएको जानकारी थियो।"

उनले भने कि वाशिंगटनले रुसी अधिकारीहरूसँग जानकारी साझा गरेको थियो। बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले क्रेमलिनले यी चेतावनीहरूलाई 'प्रोपोगान्डा ' भन्दै खारेज गरेको बताएका छन्।

अनलाइनमा देखिएका अपुष्ट भिडियोहरूका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ। अमेरिकी अधिकारीहरूले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध संस्था सीबीएसलाई आईएसले रुसमा आक्रमण गर्न सक्ने गुप्तचर प्राप्त गरेको बताएको छ। अमेरिकी ह्वाइट हाउसले स्थितिबारे थप जानकारी लिन प्रयास गरिरहेको बताएको छ।

-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप