स्वास्थ्यमा ध्यान दिएर होली मनाउन ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताएका हुन् ।
उनले होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताए । उनले चुनावमा धेरै अबिर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अबिर नलगाइ विजयी मनाउने गरेको बताए ।
उनले भने, ‘म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी । उत्सव मनायो, अविरले छोप्यो । सात दिनसम्म खोक्दा पनि अबिर आउँछ, श्वास फेर्दा पनि त्यस्तै हुन्छ । स्याँक्क गर्यो अबिर आउँछ, अनि १०३ डिग्री ज्वरो आउँछ । साथी भाइहरूले लगाइदिन्छन्, लगाइदियो की बिरामी । त्यसैले मैले अबिर लगाउन छोडेँ । अहिले तीन चार वटा चुनाव गयो । स्वास्थ्यमा ध्यान दिएर खेल्नुहोला, आर्थिक पक्षमा ध्यान दिनुपर्छ । अनावश्यक व्ययभार पर्ने गरी खर्च नगर्नुस् । यस होलीले हामीलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिलोस् ।’
अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताए । उनले इच्छा विपरीत होली नखेल्न पनि आग्रह गरे । उनले होली पर्वहरुमध्येको पनि पुरानो पर्व भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण