लागु औषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका-३ रामनगरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ४ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-३ चैनपुरूवा बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले लु.४८ प ८८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता चितवनको भरतपुर महानगरपालिका-११ धमिली पुलबाट अवैध लागु औषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-३ बेलटाँडी बस्ने १९ वर्षीय आसिक मियाँलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना. २ प ९९९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागु औषध गाँजा २ किलोसहित सोही महानगरपालिका-२ बेलटाडी बस्ने २४ वर्षीय विदुर उप्रेतीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले बा.प्र.०३००३ प ८१६७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
चितवनकै राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय सन्दीप पन्त र सोही महानगरपालिका-४ लंकु बस्ने २९ वर्षीय विधान गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०४-००१ प १९६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण