सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

शनिबार, १० चैत २०८०, १७ : ००
शनिबार, १० चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका-३ रामनगरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ४ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-३ चैनपुरूवा बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले लु.४८ प ८८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता चितवनको भरतपुर महानगरपालिका-११ धमिली पुलबाट अवैध लागु औषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-३ बेलटाँडी बस्ने १९ वर्षीय आसिक मियाँलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना. २ प ९९९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागु औषध गाँजा २ किलोसहित सोही महानगरपालिका-‍२ बेलटाडी बस्ने २४ वर्षीय विदुर उप्रेतीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले बा.प्र.०३००३ प ८१६७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

चितवनकै राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय सन्दीप पन्त र सोही महानगरपालिका-४ लंकु बस्ने २९ वर्षीय विधान गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०४-००१ प १९६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप