त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति प्रक्रिया सुरु, उपकुलपति बरालले मागे बायोडाटा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढेको छ । हाल रिक्त रहेको शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति प्रक्रिया अघि बढेको हो । त्यसका लागि उपकुलपति प्राडा केशरजंग बरालले इच्छुक प्राध्यापकहरूसँग बायोडाटा माग गरेका छन् ।
त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पदका लागि बायोडाटा माग गरेका हुन् । त्यस्तै सोही ऐनका परिच्छेद २० (१) बमोजिम रजिष्ट्रारका लागि बायोडाटा माग गरेका हुन् ।
उपकुलपति कार्यालयको इमेल ठेगानामा आफ्नो बायोडाटासहित मेल पठाउन उपकुलपति कार्यालयले जनाएको छ । त्रिवि ऐन अनुसार शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिले गर्नेछ । दुवै पदाधिकारीको कार्यकाल उपकुलपति झै चार वर्षको हुनेछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ पुस २०७६ मा प्राडा पेशल दाहाललाई रजिष्ट्रार र चैत ६ गते प्राडा शिवलाल भुसाललाई शिक्षाध्यक्ष (रेक्टर) मा नियुक्त गरेका थिए ।
ओलीले नै १७ कात्तिक २०७६ मा उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका थिए । बाँस्कोटाको कार्यकाल सकिएपछि शिक्षाध्यक्ष भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । पहिलो पटक २० कात्तिकमा तीन महिनाको कार्यकाल पाएका थिए । नयाँ उपकुलपति छनोट हुन नसकेपछि दोस्रो पटक फेरि तीन महिनाकै लागि भुसाललाई नै जिम्मेवारी दिइएको थियो । १० फागुनमा बराल उपकुलपतिमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण