सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

होलीमा नचाउन रित्विज काठमाडौँमा

शनिबार, १० चैत २०८०, २० : ०९
शनिबार, १० चैत २०८०

काठमाडौँ । चर्चित भारतीय गायक, गीतकार तथा सङ्गीत निर्माता रित्विज काठमाडौँमा आइपुगेका छन् । होलीको अवसरमा आयोजना हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।

एमएन इन्टरटेन्मेन्ट इभेन्टका म्यानेजर अर्जुन बस्नेतका अनुसार आइतबार अन्नपूर्ण होटलमा हुने एमएन होली फेस्टिभलमा रित्विजले आफ्नो प्रस्तुति दिनेछन् । बिहारको दरभंगामा जन्मिएका रित्विजको पूरा नाम रित्विज श्रीवास्तवा हो । उनी पुणे महाराष्ट्रमा हुर्किएका थिए । 

उनी सन् २०२१ मा फोरब्स इन्डियाको ३० अन्डर ३० मा समावेश भएका थिए । उनको लिग्गी, उड गए, जित, चलो चलेँजस्ता गीतहरू चर्चित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप